कांग्रेस व्यास २ को सभापतिमा लड्ने जेसिज राष्ट्रिय कोषाध्यक्ष भट्टराईको घोषणा

  • ख-
  • ख+

दमौलीः नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष पविन्द्र भट्टराईले नेपाली कांग्रेस व्यास २ को सभापति पदका लागि चुनाव लड्ने घोषणा गरेका छन् ।

दमौली न्युजसँग कुराकानी गर्दै भट्टराईले कांग्रेसमा युवा सहभागीता र नेतृत्व हस्तान्तरणको एजेण्डाका साथ आफू चुनावी मैदानमा उत्रन लागेको बताए ।

सो पदका लागि यस अघि वडा सदस्य टुकबहादुर हमाल, रोटरी क्लब अफ दमौलीका पूवर्् अध्यक्ष क्याप्टेन सुर्जकुमार मल्ल तथा सत्यवती माविका व्यवस्थापन समिति सदस्य सुरेश वाग्लेले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

भट्टराईले अग्रजको सम्मान गर्दै नेतृत्वमा युवा सहभागीता बढाउनका लागि पनि आफू नेतृत्वको दौडमा रहेको बताए ।

२०५८÷०५९ सालको नेविसंघ जिल्ला सदस्य हुँदै २०६३ देखि २०७० सम्म जिल्ला सचिव तथा हाल पार्टीका सचिव रहेका भट्टराईले मतदाता नेता कार्यकर्ताको सल्लाहले नै उम्मेदवारी दिन लागेको घोषणा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी