सुनचाँदी व्यवसायीले भने,‘कालिगढ र व्यवसायीलाई खोप चाहियो’

  • ख-
  • ख+

देव गजमेर
दमौलीः
तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँले सुनचाँदी क्षेत्रमा आवद्ध भएका व्यवसायीलाई कोभिड १९ विरुद्धको खोप लगाउन माग गर्दै जिल्ला प्रसासन कार्यालय तनहुँलाई पत्र लेखेकोे छ ।

करिब २ सय व्यवसायी र २ सय कालिगढलाई खोपको माग गर्दै, संघले बुधवार पत्र बुझाएको सचिव हरि गहतराजले बताए ।

तत्काल कोरोना खोप उपलब्ध गराई खोप लगाई दिन माग गरिएको छ । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोगबाट हाम्रो राष्ट्र नेपाल पनि अछुतो नरहेको भन्दै ज्ञापनपत्रमा सुनचाँदी व्यवसायी र कालिगढहरु पनि संक्रमित हुनुका साथै कतिले ज्यानै गुमाउनु परेको अवस्थामा व्यवसायको निरन्तरता र जोखिम कम गर्न खोप उपलब्ध गराउन माग गरिएको छ ।


अत्यन्तै संवेदनशील र नगदको धेरै कारोवार हुने तथा प्रत्यक्ष रुपमा ग्राहक वर्गको नाक,कान घाँटी, औला जस्ता अंगमा गहना लगाई दिने बाध्यता भएको भन्दै संघले अत्यन्तै त्रसित र चिन्तित हुदै व्यवसायी सञ्चालन गरेको उल्लेख गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई पत्र बुझाएको र जिल्ला प्रशासन पनि आफ्ना मागमा सकारात्मक रहेको संघका अध्यक्ष कृष्ण सुनारले बताए । उनले भने,‘हामीले सबै व्यवसायीको नाम सहित क्षेत्रगत तरिकाले खोप लगाउनेको सूची पेस गरेका छौ । खोप पाउनेमा आशावादी छौं ।’

पत्रमा बोधार्थ सहित व्यास नगरपालिका,शुक्लागडकी नगरपालिका, भिमाद नगरपालिका,बन्दिपुर गाउपालिका, म्याग्दे गाउपालिका, आवुखैरेनी गाउँपालिका र भानु नगरपालिका लगायत सबै स्थानीय सरकारमा पनि पठाइएको भन्दै अध्यक्ष सुनारले पायक पर्ने ठाउँमा व्यवसायी र कालिगढलाई खोप लगाउन सहयोग हुनेमा आशावादी भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी