गण्डकीमा कोभिड संक्रमणको अवस्था चिन्ताजनक : ‘३ मा २ संक्रमित’

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बीबीसीका अनुसार गण्डकीमा ३ मा २ जनामा संक्रमण पुष्टि भैरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यो देशभरमै उच्च हो ।

‘गण्डकीमा परीक्षण भएका ६२ प्रतिशतमा संक्रमण पुष्टि भैरहेको छ,’ उनले भने ।

यस्तो अवस्था चिन्ताजनक भन्दै अधिकारीहरुले स्वास्थ्य मापदण्डको पालनाको अवस्थामा कडाई नगरिए चाँडै अस्पतालहरु भरिने चेतावनी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्