डा. दीपक काफ्लेलाई पितृशोक

  • ख-
  • ख+

दमौलीः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक व्यास २ दमौली निवासी डा. दीपक काफ्लेलाई पितृशोक परेको छ ।

उनका पिता सूर्यनाथ काफ्लेको अमेरिकाको भर्जिनियामा नेपाली समयअनुसार आज निधन भएको हो । ठूलो छोरा प्रकाशकहाँ गएका उनी केही समययता बिरामी थिए । कोभिड संक्रमण निको भए पनि न्युमोनियाका कारण उनको निधन भएको आफन्त विरेन्द्र काफ्लेले बताए ।

लामो समय वन डिभिजन र त्यस अघिका पूर्व सैनिक स्वर्गीय काफ्ले काफ्ले समाजलगायत सामाजिक संस्थामा आवद्ध थिए ।

उनको केही समयमा अमेरिकामै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी