लामो दूरीका सवारी असोज १ बाट चल्ने

  • ख-
  • ख+

काठमाडौं ः असोज १ गतेबाट लामो दूरीका सवारी चल्ने भएका छन् । सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो निर्णय भएको जानकारी दिएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको उनले जानकारी दिए ।


सवारी चढ्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी