व्यास ४ का प्रकाशको मोटरसाईकल दुर्घटनामा निधन

  • ख-
  • ख+

दमौलीः ट्रकको ठक्करबाट घाइते व्यास ४ दमौली निवासी २८ वर्षका प्रकाश विकको उपचारका क्रममा पोखरामा ज्यान गएको छ ।


दमौलीबाट पोखरा जाँदै गरेका उनी सवार ग ४ प २२१३ नम्बरको मोटरसाईकल पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५७२५ नम्बरको ट्रकसँग म्याग्दे ४ मनहरिस्थित पृथ्वी राजमार्गमा ठोकिएको थियो ।


त्यसक्रममा घाइते विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिनिधि तस्बिर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी