कटहर टिप्न जाँदा लडेर ज्यान गुमाएकालाई चार लाख क्षतिपूर्ति

  • ख-
  • ख+

दमौलीः रुख कटहर टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएका परियारको परिवारलाई क्षतिपूर्ति बापत चार लाख रुपैयाँ दिने सहमति भएको छ ।


व्यासनगरपालिका–६श्याम्घा मादीबेसी निवासी जयबहादुर परियारका स्रोह बर्षीय छोरा अरुणको लडेर मृत्यु भएपछि कटहर धनी पुण्यप्रसाद न्यौपानेले उक्त रकम दिने सहमति जनाएका हुन् ।

दुवै पक्षबीच सहमति भएपछि बुधबार दिउँसो बालकको शव पोष्टमार्टम गरि दाहसंस्कार गरिएको श्याम्घा मादीबेसी टोल बिकास संस्थाका सचिव राम श्रेष्ठ (अनिल) जानकारी दिए ।
न्यौपानेले मंगलबार बिहान अन्दाजी १०.०० बजेको समयमा ती बालकलाई रुख कटहर टिप्न भनि बोलाएर रुखमा चढाएका थिए ।

व्यपारीले कटहर किन्नको लागि आउने जनाएपछि न्यौपानेले कटहर टिप्न बालकको प्रयोग गरेको पीडित पक्षको आरोप थियो ।

रुखबाट खसेर सख्त घाइते भएका अरुणको दमौली अस्पतालमा उपचारको लैजादै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्