तनहुँ कोरोना अपडेटः ६० संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहँुमा ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार संक्रमितमा २४ महिला र ३६ पुरुष छन् ।


एक सय १२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा संक्रमणको नयाँ तथ्यांक आएको निर्देशनालयले जनाएको छ ।

पछिल्ला दिनमा तनहुँमा क्रमैसँग संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । हाल तनहुँमा तीन सय १९ सक्रिय संक्रमित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी