कांग्रेस महाधिवेशनः तनहुँका क्रियाशिल सदस्य १४,४७३, विवाद सल्टियो

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका क्रियाशिल सदस्यमा यस अघि जिल्लाले पठाएको कुल संख्या नै मान्य भएको छ ।

केही वडामा वडा समितिले पठाएको नामबाहेक जिल्ला कार्य समितिले सिफारिस गरेका तथा पुनः वडाले थपेका दुवै संख्यालाई सदस्यता छानविन समितिले मान्यता नदिएपछि यस अघि सिफारिस भएका १४ हजार चार सय ७३ सदस्य नै कायम भएका छन् ।


क्रियाशिल सदस्यता छानविन समितिका प्रवक्ता एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले यस अघि कायम शत प्रतिशत सदस्य संख्या नै कायम भएको दमौली न्युजलाई बताए ।

शुक्लागण्डकी ८ मा आफूले सदस्यता नपाएको भन्दै जिल्ला कार्य समितिमा पुगेका ४५ तथा पछि वडाले थपेका ४३ जना दुवैको सदस्यता मान्य नगरिकन विवाद समाधान गरिएको बुझिएको छ ।

कांग्रेसका क्रियाशिल मध्ये सात हजार छ सय पाँच नयाँ तथा छ हजार आठ सय ६८ ले सदस्यता नवीकरण गराएका छन् । स्थानीय तहको अधिवेशन सरेको अवस्थामा तनहुँमा कांग्रेसको चुनावी माहोलले यतिबेला नेता तथा कार्यकर्तालाई राम्रोसँग छोएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी