होटल व्यवसायी भन्छन्,‘हामीलाई खोप दिइयोस्’

  • ख-
  • ख+

दमौली : क्षेत्रीय होटल संघले तनहुँका होटल व्यवसायीलाई कोभिड १९ को खोप तत्कालै उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

सोमबार संघका अध्यक्ष राम जोशी तथा महासचिव चन्द्रकुमार कायस्थले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाइ भेटि खोपको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

पर्यटन , आवास , होटल , मोटल , रेष्टुरा र रिसोर्ट सम्बन्धि सेवा नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवामा पर्ने भएको र एउटा संवेदनशील एवं जिम्मेवार पेशा भएकाले पनि तत्कालै खोप माग गरिएको अध्यक्ष राम जोशीले बताए ।आन्तरिक तथा बाह्य पर्यटक भित्रीने पहिलो गन्तब्य होटल भएको हुँदा संवेदनसिलता लाई हेरि प्राथमिकता दिनपर्ने जोशीको भनाइ छ ।

पर्यटन व्यवसाय देशको अर्थतन्त्रको प्रमुख आधार भएको र पर्यटकहरू लाई होटलमा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न , पर्यटकहरू सँग प्रत्यक्ष सम्पर्क र सम्बन्धका कारण कोरोना भाइरस कोभिड १९ को सबैभन्दा जोखिम अग्रपंक्तिमा सेवा गर्न खटिन पर्ने भएकोले खोप माग गरिएको संघका महासचिव चन्द्रकुमार कायस्थले बताए ।

तनहुँ जिल्ला भित्र ठुला तथा साना गरि झण्डै १६ सय ५० होटल रहेको र ती होटलका सञ्लालक तथा कर्मचारीहरू लाई खोप माग गरिएको संघका वरिष्ठ उपाध्यक्ष विकास खनालले बताए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आँफुले जतिसक्दो छिटो सक्दो पहल गर्ने बताएको खनालले बताए । संघले व्यास नगर पालिका तथा होटल संघ नेपाल हानमा पनि ज्ञापनपत्र बुझाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी