निषेधाज्ञा गरेकै दिनदेखि उपत्यकामा तरकारी र फलफूलको मूल्य ८० प्रतिशतसम्म बढ्यो

  • ख-
  • ख+

काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपियाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपियाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपियाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपियाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपियाँबाट ३० रुपियाँ, तामा प्रतिकेजी ९० रुपियाँ थोक मूल्यबाट ११० रुपियाँ पुगेको छ ।

यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपियाँ थोक मूल्य बढेर ११० रुपियाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ । गोरखापत्रमा खबर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी