तनहुँ कोरोना अपडेटः २१ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये आठ महिला तथा १३ पुरुष छन् ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही दिनमा तनहुँमा संक्रमणबाट ज्यान जानेको संख्या भने शून्य छ ।


संक्रमितमध्ये केहीको पोखरामा पीसीआर तथा १७ जनाको भने दमौलीमा एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी