तनहुँ उद्योग वाणिज्य संघले महिलाको क्यान्सरबारे अन्र्तक्रिया गर्ने

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले महिलाहरुमा हुने क्यान्सरको रोकथाम तथा उपचारबारे अन्र्तक्रिया गर्ने भएको छ ।

भारतको राजधानी दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित पारस अस्पतालका अध्यक्ष डा. रंग राओसँग जुम एपमार्फत अन्र्तक्रिया गर्न लागिएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

उनका अनुसार साँझ पौने सात बजेबाट शुरु हुने कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सहजीकरण गर्नेछन् ।

महिलाहरुमा हुने क्यान्सरको समस्या बढी देखिएकाले समयमै रोकथाम र प्राथमिक चरणमै उपचारमार्फत कम गराउन सचेतनास्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार जुम बैठकमा जोकोही पनि सहभागी हुन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी