व्यास नगर सभापति पाए मेयर ताक्ने को ? को ? (भिडियो )

  • ख-
  • ख+

दमौलीः कांग्रेसको आसन्न स्थानीय तथा प्रदेश अनि केन्द्रीय महाधिवेशनको मितिमा केही हेरफेर हुने प्रष्ट देखिएको छ । तर पनि चुनावी गर्मीले भने कसैलाई छाडेको छैन ।


यस्तोमा गत शनिबार तनहुँ टेलिभिजनले व्यास नगरका सभापति प्रत्यासीबीच चलाएको बहसले नगर अधिवेशनको चुनावी माहोल विशेष तताएको छ । अन्र्तवार्ताका क्रममा पार्टी र स्थानीय सरकारको नेतृत्व ठिक कि बेठिक भन्ने बहस पनि चलेको थियो । केहीले प्रष्टसँग यसको विरोध गरे भने केहीले यो हुन सक्ने भने ।


पार्टी र स्थानीय सरकार दुवै एउटैले चलाउनु कत्तिको ठिक ?

तनहुँमा अहिले पार्टी सभापति बैकुण्ठ न्यौपाने व्यास नगर प्रमुख छन् । यसैगरी क्षेत्र नम्बर २ सभापति किसान गुरुङ शुक्लागण्डकी नगरपालिकाको मेयर छन् । क्षेत्र नम्बर १ सभापति उदयराज गौली भानु तथा आँबुखैरेनी सभापति गिरबहादुर थापा गाउँपालिका अध्यक्ष छन् ।
क्षेत्र नम्बर २ का सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ ऋषिङ गाउँपालिकाका अध्यक्ष छन् ।


बहसका क्रममा प्रत्यासी डम्बर अधिकारीले एउटा शिष्टम बसाउन सकिए मात्र पार्टी बलियो हुने बताए । उनले पार्टीले यसमा स्पष्ट नीति नबनाएको भन्दै प्रष्ट हुनुपर्ने बताए ।
अर्का प्रत्यासी डा. शेषरमण न्यौपानेले पार्टीको नीतिअनुसार काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिइएमा एक व्यक्तिले दुवै पदमा रहन सक्ने बताए ।

‘पार्टीका तर्फबाट सरकारलाई निर्देशन गर्न सक्नेलाई जिम्मा दिइएमा एउटा व्यक्तिले पनि दुवैतिर नेतृत्व गर्न सक्छ,’ उनले भने,‘एउटै व्यक्ति दुवैतिर नेतृत्व जान सक्छ तर बस्नेले सरकारमा बस्नेलाई निर्देश गर्ने हैसियत राख्नुपर्छ ।

कार्यवाहकले पनि सरकारलाई निर्देशन दिन सक्ने खालको भए हुन्छ । ’अर्का प्रत्यासी सूर्यचन्द्र हड्खलेले एउटै व्यक्तिले दुई तिर नेतृत्व गर्न सक्ने बताए ।

तपाईं मेयरको दावेदार हो ?
अहिल्यै मैले मेयर मागें भने मेरो धरातल सकिन्छः अधिकारी

सभापति प्रत्यासी डम्बर अधिकारीले अहिल्यै आफूले सभापति भए पनि मेयरको दाबेदार नगर्ने तर पार्टीले जिम्मा दिए पछि नहट्ने बताए । ‘पार्टीले जिम्मा दिन्छ भने म पछि हट्दिन,’ उनले भने,‘तर मैले अहिल्यै मेयर पद मागें भने म सक्किन्छु । मेरो धरातल सक्किन्छ ।’

त्यागका लागि तयार छुः हड्खले

सभापति प्रत्यासी सूर्यचन्द्र हड्खलेले सबैले मन पराए मात्र आफू मेयरमा दाबेदार बन्न सक्ने भन्दै तर आफू सबै पद लिने पक्षमा नरहेको तर्क गरे । ।‘सबै मै खाउँ मै लाउँ भन्ने राम्रो होइन । लाभको पदले मानिस विचलित हुन्छ । म पार्टीमा रहेर त्याग गर्न पाउँदा खुशी हुन्छु,’ उनले भने ।

जिम्मेवारी आए पछि हट्दिनः डा. न्यौपाने


सभापति प्रत्यासी डा. शेषरमण न्यौपानेले पार्टीको नीतिअनुसार काम गर्न सक्ने व्यक्ति नेतृत्वमा जानुपर्ने भन्दै आफूलाई जिम्मेवारी आए पछि नहट्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्