व्यास नगर अधिवेशनः उपसभापतिमा सुजनलाई व्यास ५ को सिफारिस

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास ५ (साविक व्यास ६) ले आसन्न व्यास नगर अधिवेशनमा आफ्ना तर्फबाट सुजन वाग्लेलाई व्यास नगर उप सभापतिमा सिफारिस गरेको छ ।


हालै सम्पन्न व्यास ५ (साविक व्यास ६) का वडा क्रियाशिल सदस्यको भेलाले वाग्लेलाई उपसभापतिमा उमेदवार बनाउन सिफारिस गरेको हो । उनी हाल नेपाल तरुण दल व्यास नगर सभापति पनि हुन् ।

‘निरन्तर ईमानदारीका साथ संगठनको कामको मूल्यांकन गरेर उपसभापतिको उम्मेदवार बन्नुपर्छ भनेर सिफारिस आएको छ । म उहाँहरुको भवनाको कदर गर्छु,’ वाग्लेले दमौली न्युजसँग भने ।

२०४६ सालदेखि नेविसंघको राजनीतिमा संलग्न बताउने वाग्ले तरुण दल तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी