तनहुँ कोरोना अपडेटः संक्रमित संख्या ह्वात्तै बढ्यो, ७९ मा संक्रमण

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
आईतबार १४ संक्रमित भेटिएकामा सोमबार भने ७९ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा छ ।

संक्रमितमा ४६ महिला र ३३ पुरुष छन् । पछिल्लो २४ घण्टामा तनहुँमा पिसिआर तथा एन्टीजेन प्रविधिबाट १ सय ५० जनाको कोरोना परिक्षण गरिएको थियो ।

त्यस्तै सोमबार स्वास्थ्य कार्यालय तनहुँले गरेको एन्टीजेन परिक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी