
दमौलीः तनहुँमा अब सबै व्यवसाय बिहान ५ देखि बेलुकी ४ बजेसम्म खुल्ने भएका छन् ।
यस अघि विभिन्न व्यापार र व्यवसायका लागि बिहान ५ देखि ११ तथा दिउँसो ३ बजेसम्म समय तय भएको थियो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा साउन २० गतेसम्म जारी गर्ने सिफारिस गरेको बैठका सहभागी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौली न्यूजलाई जानकारी दिए ।
बैठकले सबै सार्वजनिक सवारी चल्न दिने तर ३० भन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरेको पनि उनले जानकारी दिए ।