व्यास कार्यपालिका निर्णयः दुम्सीमा द्विप प्रज्वलन, के भन्छन् वडाध्यक्ष ?

  • ख-
  • ख+

दमौलीः दुम्सीमा रहेको सहरी स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालका रुपमा विकास गर्ने र चिकित्सक समेत खटाउने व्यास नगर कार्यपालिका बैठकले निर्णय गरेसँगै दुम्सीवासीले द्विप प्रज्वलन गरेका छन् ।

कार्यपालिकाले निर्णय गरेको बिहीबार साँझ नै सडकमा जम्मा भएर स्थानीयले द्विप प्रज्वलन गरेर खुशीयाली मनाएको स्थानीय प्रेम गिरी विशालले जानकारी दिए ।

उत्तरी भेगका सबैलाई फाइदा पुगेको छः वडाध्यक्ष सापकोटा
वडाध्यक्ष तुलसीराम सापकोटाले विकास दमौलीमा मात्र सीमित हुनु नहुने भन्दै यस निर्णयले विकास विकेन्द्रीत हुने कुरालाई समर्थन गरेको बताए ।

‘व्यास १० मात्र होइन उत्तरी भेगका सबै वडाका लागि दुम्सी केन्द्र हो भन्ने स्थापित भएको छ । यस क्षेत्रमा चिकित्सकसहित अस्पताल बनेसँगै धेरैका लागि यसले नजिकै सहज सुविधा दिनेछ,’ उनले दमौली न्युजसँग भने ।

उनले अब उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सक्ने भन्दै नागरिक खुशी भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी