
दमौलीः माछा मारेर जीविकोपार्जन गर्दै आएका व्यास १० बैरेनीका बोटे समुदायलाई अलायन्स क्लब अफ तनहुँले खाद्यान्न सहयोग गरेको छ ।
राष्ट्रिय एकिकृत विकास सङ्घ (निडा)को सहयोगमा बोटेगाउँका १५ जना अपाङ्गता भएकासँगै ६५ घर परिवारलाई घरमै पुगेर पुगेको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष सुदीप पौडेलले जानकारी दिए ।
माछा मार्ने तथा बालुवामा सुन खोज्ने बोटे समुदायको पूख्र्यौली पेशा प्रभावित भएकोले सहयोग गरिएको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिए ।
त्यहाँ आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका १० का वडाध्यक्ष तुलसीराम सापकोेटा, निडाकी प्रतिनिधि सोममाया गुरुङ, अलायन्स क्लब अफ तनहुँका अध्यक्ष सुदीप पौडेले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरे ।
वडाध्यक्ष सापकोटाले मादी नदीमा २० लाख माछाका भुरा छाड्ने, अनधिकृत रुपमा नदीमा करेन्ट लगाउने, बम हान्ने जस्ता कार्य प्रतिबन्ध लगाईने योजना रहेको जानकारी दिए ।
स्थानीय बासिन्दा नेपाल रेडक्रस सोसाईटी दुम्सीचौर उपशाखाका सचिव श्रीकृष्ण आचार्य वडाध्यक्ष सापकोटा मार्फत बोटे जातिलाई परेको समस्याका बारेमा नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीमार्फत जानकारी पाएको नहर्कीले बताए ।
क्लबका कोषाध्यक्ष अजित पन्थले आफ्नो जन्मदिनको उपलक्ष्यमा सोही ठाउँ स्थित उज्यालो घरलाई खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका थिए