‘ट्री हाउस ‘मा आदर्श नमुना क्लबकाे डस्टबिन सहयोग

  • ख-
  • ख+


गुणादी : आदर्श नमुना युवा क्लबले म्याग्दे गाउँपालिका वडा नं २ गुणादीमा रहेकाे हरित पार्कमा डस्टबिन वितरण गरेको छ ।

पछिल्लो समय निकै भाइरल भएको हरित पार्कमा पर्यटकहरूकाे वृद्धि सँगै फाेहाेर व्यवस्थापनमा समस्या हुने ठानेर डस्विन वितरण गरिएको क्लबका अध्यक्ष गाैरब राज रानाले बताए ।

डस्टबिन सँगै सचेतना मुलक पाेस्टरहरू पार्क वरपर टाँसिएको रानाले बताए । फरक वडाको पार्क भए पनि गाउँपालिका भित्रकाे गहनाकाे रूपमा हरित पार्क बनेकाे र पर्यटकहरूकाे मन जित्न सफल भएको हुँदा सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत सचेतना मुलुक पाेस्टर र डस्विन वितरण गरिएको रानाको भनाइ छ ।

बिहिवार क्लबका करिव १५ जना युवाहरू जम्मा भएर पार्क वरपर सरसफाइ समेत गरिएको अध्यक्ष रानाले बताए । क्लबले ४ थान डस्टविन हरित पार्क वरपर राखेको छ ।सरसफाइमा सहयोग पुर्याउने उद्धेश्यले अादर्श नमुना क्लब म्याग्दे ४ मनहरीले सहयोग गरेकाेमा ज्यान्ट्याङ सामुदायिक वन अन्तर्गत हरित पार्कका अध्यक्ष ईश्वर रानाभाटले धन्यवाद दिए ।

बाताबरण स्वच्छ र हराभरा भए मात्रै विभिन्न खाले रोगहरुबाट बच्न सकिने हुनाले अाँफुहरूले सरसफाइलाई ध्यान दिई सहयोग गरेको रानाको भनाइ थियो । बाताबरण स्वच्छ हुनु नै मानविय जीवन सुरक्षित हुने भएकोले पार्कमा अाउँदा सबैले सरसफाइमा ध्यान दिनुपर्ने रानाले बताए । पिकनिक स्पाेर्ट लक्षित उक्त पार्कमा
डिभिजन बन कार्यलय र सवडिभिजन वन कार्यलय तथा ज्यान्ट्याङ पधेरि खाेला सामुदायिक वनकाे संयुक्त लगानीमा हरित पार्क ( ट्रि हाउस ) निर्माण अन्तिम चरणमा पुगेको छ ।

सब डिभिजनकाे १२ लाख ५० हजार र ज्यान्ट्याङ सामुदायिक बनकाे २० प्रतिशत लगानीमा बन्ने हरित पार्ककाे हाल पार्क निर्माण भैसकेको , ट्रि हाउस , पानीकाे फाेहाेरा निर्माण अन्तिम चरणमा रहेको र पिकनिक स्पाेर्ट बन्दै गरेको ज्यान्ट्याङ सामुदायिक बनका अध्यक्ष ईश्वर रानाभाटले बताए ।

उक्त पार्क निर्माण सम्पन्न पश्चात् पिकनिक खाने मानिसको भिड लाग्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी