४३ औं पुष्पलाल स्मृति दिवस दमौलीमा मनाइयो

  • ख-
  • ख+

दमौलीः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल को ४३ औ स्मृति सभा एकदेव आले स्मृति भवन व्यास ३ दमौलीमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं तनहुँ ईन्चार्ज प्रतापलाल श्रेष्ठले नेपालको राष्ट्रिय एकता प्रजातन्त्र र जनवाद स्थापना गर्न खेलेको भूमिका र पुष्पलालले भन्दै आएको संयुक्त जनाआन्दोलनको बाटो बारेमा पनि बोलेका थिए ।

प्रतिनिधि सभा सदस्य कलिला खान, नेपालपक्षीय जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपाने, नेपालपक्षीय एमाले जिल्ला सचिव श्रीराम कार्की लगायतले बोलेका थिए ।

यसैगरी, कार्यक्रममा अग्रज नेताहरु राम बहादुर अधिकारी , शिवशंकर पौडेल र एकदेव आले प्रतिष्ठान अध्यक्ष रामचन्द्र सापकोटा पुष्पलाल प्रतिष्ठान तनहुँ सचिव कमल ढकाल सदस्य गजेन्द्र पन्थ लगायत बक्ताहरुले पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम र संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानवाद र कम्युनिष्ट आन्दोलन रक्षाका पक्षा खेल्नुपर्ने भुमिका बारे आ आफ्ना धारणाहरु राखेका थिए ।

पुष्पलाल स्मृति प्रतिष्ठान अग्रज सदस्य एवं नेपालपक्षीय नेकपा एमाले व्यास नगर अध्यक्ष मंगल प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुष्पलालको योगदान र उनले नेपालको राष्ट्रिय एकता प्रजातन्त्र र जनवाद स्थापना गर्न खेलेको भूमिकाबारे सहभागीले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी