आजबाट जोन्सन एण्ड जोन्सन खोप, जिल्लाभर १४ हजार खोप दिइने (कस कसले पाउँछन्? )

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोभिडविरुद्धको अमेरिकी भ्याक्सिन लगाउन शुरु भएको छ । आज जिल्लाका अधिकांश तहमा खोप लगाउने कार्यक्रम शुरु हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

कार्यालयका अनुसार जिल्लाभर वितरणका लागि यसपाली दुई हजार नौ सय ४८ भायल खोप आएको छ । एक पटक मात्र लगाए पुग्ने खोप लगाउँदा नबिग्रिएमा यसले १४ हजार सात सय ४० जनालाई खोप लगाउन पुग्ने अधिकारीले दमौली न्युजलाई जानकारी दिए ।

यसपाली सबैभन्दा धेरै व्यास नगरपालिकामा ६ सय ६० भायल खोप पठाइएको छ । अधिकारीका अनुसार व्यासमा तीन हजार तीन सयलाई खोप लगाउन पुग्नेछ ।

कस कसले पाउँछन् खोप ?
स्वास्थ्य अधिकारीका अनुसार यसपालीको खोप लगाउनेमा ५० देखि ५४ वर्षका नागरिक छन् । यसैगरी, अपांगता भएका व्यक्ति तथा शरणार्थी शिविरका व्यक्तिले यो खोप लगाउन
पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी