दुवै मृगौला फेल भएका शिक्षकका लागि शान्ति वर्षका पूर्व विद्यार्थीको थप एक लाख

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भएर उपचारको प्रतिक्षामा रहेका ऋषिङ १ झापुटार निवासी पूर्व शिक्षक बुद्धि थापाको उपचारका लागि शान्ति वर्ष आवासिय मावि २०५६ एसएलसी ब्याचका विद्यार्थीले एक लाख पाँच सय १५ रुपैयाँ सहयोग गरेका छन् ।


थापाको स्वास्थ्य अवस्था कमजोर भएको र मृगौला फेर्नका लागि धेरै खर्च लाग्ने सुने पछि सहयोग गरिएको ब्याचका सदस्य एवं विद्यालयका शिक्षक तारा पन्थले दमौली न्युजलाई जानकारी दिए ।

उनको स्वास्थ्य अवस्थाबारे दमौली न्यूजले खबर प्रकाशित गरे पछि शान्ति वर्ष तथा अन्यत्रका पूर्व विद्यार्थी र सुभेच्छुकले थापाको उपचारमा सघाउन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्