ऐतिहासिक बेलचौतारोको बेल संकटमा परे पछि बेलरोपण

  • ख-
  • ख+

दमौलीः २०३६ सालमा महामानव बीपी कोईरालाले जनमतसंग्रहका क्रममा बहुदलीय प्रजातन्त्रका पक्षमा भाषण गरेको ऐतिहासिक बेलको चौताराको मञ्चमा रहेको बेल रुख संकटमा परे पछि बेनी मिलन समाजले नयाँ रुख रोपण गरेको छ । व्यास ३ बेलचौतारामा दुईवटा बेल रोपण गरिएको हो ।


यस अघि विभिन्न सभा समारोह सो ठाउँमा हुने गरेका थिए । तर दुईवटा मध्ये एक बेलको चौतारा भत्काइएको छ । अर्को पनि अस्तित्वको संघर्षका क्रममा छ । ऐतिहासिक भएको भन्दै भत्काउन नदिइएको चौताराको बेल मर्न लागे पछि संरक्षणका लागि बेनी मिलन समाजले चासो देखाएको एक सदस्य शंकरलाल राजभण्डारीले बताए ।


बेल रोपण गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले ऐतिहासिक स्थानको स्मरणमा बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण हुनु सुखद् भएको बताए । बीपी वन वाटिकाको पहिचान नै बेलको रुख भएको भन्दै उनले यसको संरक्षणमा जोड दिए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी लगायतले बोलेका थिए ।
अब रुख रोपण मात्र नभएर संरक्षण पनि गर्ने समाजका नवनिर्वाचित अध्यक्ष परशुराम गिरीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी