व्यासमा बिहीबारबाट खोप, मागभन्दा आधा मात्र आउने

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले बिहीबारबाट अर्को चरणको खोप अभियान सञ्चालन गर्दैछ ।

नगरका २२ वटै स्थानबाट लगाइने खोप कार्यक्रममा यस अघि नै प्राथमिकता तोकिएका ५५ वर्षसम्मका नागरिक, चालक तथा सहचालक, शिक्षकलगायतले खोप लगाउन पाउनेछन् ।


तर नगरपालिकाले माग गरेको झण्डै ६ हजार डोजको आधा मात्र खोप आउने भएको छ । तीन हजार डोज खोप मात्र आउने भएकाले लक्षित वर्गलाई मात्र खोप लागाउने व्यवस्था मिलाउन भन्दै नगरपालिकाको स्वास्थ्य शाखाले आन्तरिक सर्कुलर गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी