सहि ढंगले व्यापार गर्नुस् प्रहरीले सुरक्षा दिन्छः एसपी मैनाली

  • ख-
  • ख+

दमौलीः तनहुँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले व्यवसायीले सहि ढंगले व्यापार व्यवसाय सञ्चालन गरेमा प्रहरीले सुरक्षा दिने प्रतिवद्धता जनाएका छन् । तनहुँ उद्योग वाणिज्य संघले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले तर नीति, नियम र ऐन कानूनको भने पालना हुनुपर्ने बताए ।


कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिड संकटका कारण व्यवसायी समस्यामा परेको गुनासो गरेका थिए । उनले कतिपय अवस्थामा प्रहरी प्रशासनबाट पनि सहजीकरणको आवश्यकता रहेको बताए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, महासचिव सुबोध अधिकारी, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति भुपाल आले लगायतले व्यवसायीका समस्या र प्रहरी प्रशासनबीचको सम्बन्ध सुधारका बारेमा बोलेको कार्यक्रममा सहभागी संघको थर्पू बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।


कार्य समिति सदस्यमा नवीन बतास
संघको बैठकले कार्य समितिको रिक्त सदस्य पदमा व्यास २ का व्यवसायी नवीन बतासलाई मनोनित गरेको छ ।

यसैगरी, आमन्त्रित सदस्यमा रामकुमार पिया, डुम्रे, उपेन्द्र देवकोटा, आँबुखैरेनी, ईश्वरबहादुर विष्ट, दमौली र सुर्यनाथ खनाल, दमौलीलाई मनोनित गरिएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्