भोर्लेटारचोकबाट ठूलो परिमाणमा लागूऔषधसहित २ पक्राउ

  • ख-
  • ख+

दमौलीः दमौलीको भोर्लेटारचोकबाट ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने दुवै जना पर्वतका हुन् ।


व्यास २ भोर्लेटारचोकस्थित पृथ्वी राजमार्गमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ गैरहेको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा पर्वत कुश्मा नगरपालिका–५ निवासी २६ वर्षका बिकु मगर र सोही ठाउँका २५ वर्षका उमेश क्षेत्री पक्राउ परेका छन् ।

उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुलगरी जम्मा १३८ एम्पुल नियन्त्रणमा लिईएको थियो ।

उनीहरुविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी