रोट्र्याक्ट भानुद्वारा ७५ विपन्न परिवारलाई खाद्यान्न

  • ख-
  • ख+


भानु: रोट्र्याक्ट क्लब अफ भानुले ७५ विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भानु नगरपालिका भित्रका १३ वडाका अपांग र आर्थिक स्थिति कमजोर रहेका परिवारलाई नेसनल इन्टिग्रेटेस डेभलपमेन्ट एसोसियसन को आर्थिक सहयोगमा एक बोरा चामल ४ पोका तेल ,३ किलो दाल,३ किलो चिनी ,साबुन ४ वटा ,१ किलो जिरा ,१पोका चियापती वितरण गरिएको हो ।

बाईसजागर , चाम्बास, नारेश्वटार ,सेपाबगैचा ,पड्केपसल ,टुहुरेपसल , चन्द्रावती ,अर्चले र राईपालीभञ्ज्याङ गएर राहत सामग्री वितरण गरिएको छ ।


क्लबका चाटर प्रेसिडेन्ट सन्तोष ढकालले यसरी कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै थप सामाजिक कार्य गर्न उर्जा प्रदान गरेको भन्दै थप सामाजिक काममा लाग्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्