भीमाद उप प्रमुखलाई पतिवियोग

  • ख-
  • ख+

भीमादः भीमाद नगरपालिकाकी उप प्रमुख शारदा खनाललाई पतिवियोग परेको छ । उनका पति एवं नेकपा भिमादका सचिवालय सदस्य ध्रुवराज खनालको उपचारका क्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

खनाल मधुमेहका बिरामी थिए । उनी केही समययता बिरामी परेका थिए । गत साउन ११ गते समस्या देखिए पछि उनी उपचाररत थिए ।

उनको मंगलबार उपचारकै क्रममा ज्यान गएको बताइएको छ । खनालको निधनमा नेकपाका राजनीतिकहरु, सांसदलगायतले परिवारमा समवेदना प्रकट गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी