कांग्रेस अधिवेशनः किसन प्रधानद्वारा बन्दीपुर सभापति लड्ने घोषणा

  • ख-
  • ख+

बन्दीपुर: नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा किसन प्रधानले दमौली न्युजसँग कुराकानी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन् । यस अघि चर्चामा रहेका कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङ , श्याम श्रेष्ठ , विपिन गुरूङसँगै किसान पनि चुनावी दौडमा उत्रिएका हुन् ।


नेपाली काङ्ग्रेसको क्रियासिल सदस्य सँगै किसन हाल नेपाली काङ्ग्रेस बन्दीपुर गाउँ कार्यसमितिका सदस्य हुन् । प्रधान बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष समेत हुन् । यस सँगै बन्दीपुर नेवा पुच का अध्यक्ष , तनहु नेवाः खल दमौलिका सदस्य , बन्दिपुर गाउँपालिका नेवाःदेय दबु का उपाध्यक्ष , झिगु नेवा पुच डुम्रेका कोषाध्यक्ष लगायतका पदमा उनी सकृय छन् ।


बन्दीपुर गाविस रहँदाका तत्कालीन अध्यक्ष स्व. ईश्वरगोपाल प्रधानका कान्छा छोरा समेत रहेका किसन बुबाको लिगेसी धान्ने दौडमा पनि छन् । उनको उम्मेदवारी घोषणाले बन्दीपुर काङ्ग्रेसको चुनावमा थप सरगर्मी बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी