पवित्र तीर्थस्थल म्याग्दे अकला मन्दिरको मूर्ति चोरी

  • ख-
  • ख+

दमौलीः पृथ्वी राजमार्गको चर्चित धार्मिक स्थल म्याग्दे ६ को अकला मन्दिरको मूर्ति चोरी भएको छ । गए राती मन्दिरको मूर्ति चोरी भएको संरक्षण समितिका अध्यक्ष राजेन्द्र भण्डारीले दमौली न्यूजलाई जानकारी दिए ।


मन्दिरमा रहेको देवीको मूर्तिसहित संख लगायत वस्तु चोरी भएपछि प्रहरीलाई खबर गरिएको छ । अहिले प्रहरीले अनुसन्धान थालेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

‘पोखरा र दमौलीबाट प्रहरी टोली खटिएर अनुसन्धान थालेका छन्,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी