मृगौला फेल भएका शान्ति वर्षका पूर्व शिक्षक थापालाई विद्यार्थीको २ लाख सहयोग

  • ख-
  • ख+

दमौली: दुवै मृगौला फेल भएर डायलसिस गराउँदै आएका ऋषिङ गाउँपालिका १ झापुटार निवासी पूर्व शिक्षक बुद्धि थापाको उपचारका लागि शान्ति वर्ष मावि चापाघाटका पूर्व विद्यार्थीले दुई लाख चार हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


लामो समय शान्ति वर्षमा अध्यापन गरेका थापा यस अघि अन्यत्र अध्यापन गर्दै आएका थिए । दुवै मृगौला फेल भए पछि फेर्नुपर्ने चिकित्सकले बताए पनि ठूलो अर्थिक श्रोत जुटाउन नसकेका कारण हाल उनको डायलसिस भैरहेको छ ।


दमौली अस्पतालको डायलसिस केन्द्रमा ठाउँ अभावका कारण हाल सातामा दुई दिन पोखरा गएर डायलसिस गराउँदै आएका थापाको उपचारमा आर्थिक कठिनाई भए पछि उपचारका लागि सघाइएको शान्ति वर्ष मावि २०५७÷०५८ एसएलसी ब्याचकी विद्यार्थी प्रतिमा थापाले दमौली न्युजलाई जानकारी दिइन् ।


आज पूर्व विद्यार्थीहरुले हाल थापा बस्दै आएको दमौलीको अस्थायी निवासमा पुगेर सहयोग प्रदान गरेको थापाले जानकारी दिइन् ।

थापाको उपचारका लागि व्यास २ घर भै हाल युके बस्दै आएका राम थापा, व्यास २ घर भै युके बस्दै आएका नेत्र थापाबाट, व्यास ४ घर भै हाल मकाउ बस्दै आएका केशव गुरुङ र व्यास ५ घर भै हाल अष्ट्रेलिया बस्दै आएका प्रशन्न राज खनाल सबैले जनही २० हजार सहयोग गरेको सहयोग वितरण र संकलनमा सक्रिय प्रतिमाले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्