कांग्रेस अधिवेशनः बन्दीपुर गाउँ सभापतिमा विपिनको दौड

  • ख-
  • ख+

बन्दीपुरः नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा विपिन गुरुङले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । यस अघि चर्चामा रहेका कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङसँगै विपिन पनि दौडमा उत्रिएका हुन् ।


अन्य आकांक्षीले आन्तरिक तथा पार्टी फोरममा नेतृत्व दावी गरेर चर्चा चलाइरहेका बेला मौन देखिएका विपिनले आफ्नो उम्मेदवारी पनि कायमै रहने बताए ।


माओवादी द्वन्द्वकालमा चरम यातना पाएका गुरुङ यस अघि बन्दीपुरको कार्यवाहक सभापति पनि थिए । युवा तथा पाका सबैबाट समर्थन मिलेकाले दौडमा अघि बढ्न लागेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी