गगनले पौडेललाई सघाउलान् ?(भिडियो)

  • ख-
  • ख+

दमौलीः कांग्रेस नेता गगन थापा आईतबार अकस्मात तनहुँ आईपुगे । आफन्त एवं कांग्रेस नेता रामजी कुँवरको पुण्य तिथिमा सहभागी हुन पत्नीसहित आएका उनी पोखराबाटै काठमाडौं उड्ने योजना थियो ।

तर वर्षाका कारण उडान रद्द भए पछि तनहुँको बाटो हुँदै काठमाडौं लाग्ने योजना बन्यो । दमौलीमा महिला संघले नेता कार्यकर्ताका लागि राखिएको प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत काठमाडौं उड्नुअघि उनले दमौली न्युजसहित केही सञ्चारकर्मीको जिज्ञासा समाधान गरेका थिए । अब आसन्न पार्टी महाधिवेशनमा तनहुँकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउलान् कि नसघाउलान् धेरैको जिज्ञासा थियो ।


तर नेता थापाले ‘आफूहरु एउटै पार्टी सभापति उम्मेदवार बनाउने पक्षमा रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यो पहल गर्न सकेमा साथ रहने’ कुटनीतिक जवाफ उनले दिए ।
‘हामी एउटै उम्मेदवार होस् भन्ने चाहन्छौं,’ उनले भने,‘यदि उहाँ(पौडेल)त्यसमा सफल हुनुभयो भने हाम्रो साथ रहन्छ ।’


गगन थापाले यसो भनिरहँदा राजधानीमा पौडेलले तनहुँका केन्द्रीय नेताहरुलाई बोलाएर पार्टी महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनिरहेको भन्दै सघाउन आग्रह गरेका थिए । त्यसै बेला यता गगन थापा दमौलीमा पौडेलको नेतृत्व सम्भावनाबारे बोल्दै थिए ।


पौडेललाई समर्थन र चुनावको जोड घटाउ
पार्टीमा अहिलेसम्म कायम तेश्रो धारका नेता गगन थापा सम्भावना भएकामध्ये पर्छन् । आन्न महाधिवेशनमा उनी महामन्त्रीमा उठ्ने चर्चा छ । उनीनिकट यज्ञबहादुर थापाले भेटकै क्रममा थापा महामन्त्री लड्ने घोषणा गरेका थिए ।

एउटै उम्मेदवार बनाउने अभियानमा पौडेललाई समर्थन गर्छु भनेर थापाले भन्नु भनेको असम्भव जस्तै कुरा हो । किनकी आधा दर्जन आकांक्षी आएका बेला पौडेल एक मात्र उम्मेदवार बन्नु असम्भव छ ।


थापा आफैं चुनाव लड्ने र अझ जित्ने आधारमा अघि बढिरहँदा उनी सकेसम्म चुनाव जित्ने हिसाबले गुटमा लाग्ने अनुमान गरिंदैछ । यस्तोमा उनको चुनावी जोडघटाउन जुन गुट वा उम्मेदवार भारी हुन्छ, थापा त्यतै ढल्कने जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी