ओलीनिकट तनहुँका सांसद श्रेष्ठद्वारा देउवालाई मत

  • ख-
  • ख+

दमौली: पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने तनहुँका एमाले सांसद किसान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।


आज व्यवस्थापिका संसदमा भएको मतदानमा श्रेष्ठले पूर्व वन मन्त्री प्रेम आले सहित देउवाका पक्षमा मतदान गरेका हुन् ।


यस अघि ओलीनिकट हार्डलाइनर मानिने श्रेष्ठ नेपाल क्याम्पमा जाने अनुमान सहितको विश्लेषण दमौली न्यूजले प्रकाशन गरेको थियो ।


तर श्रेष्ठले आफु ओलीका पक्षमा अडिग रहेको बताएका थिए।
यसैगरी नेपाल निकट सांसद कलिला खानले पनि विश्वासको मतका पक्षमा मतदान गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी