म्याग्दे गाउँपालिकाको कोरोना कोषमा सुर्य नेपालको २० लाख

  • ख-
  • ख+

म्याग्दे : शुक्ला गण्डकी नगरपालिका वडा नं ७ शेरामा रहेको सुर्य नेपाल प्रालिले म्याग्दे गाउँपालिकाको कोरोना कोषमा सहयोग गरेको छ ।

कोभिड १९ नियन्त्रणका लागि तनहुँको म्याग्दे गाउँपालिका लाई २० लाख सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । आइतवार भएको सहयोग कार्यक्रममा सुर्य नेपाल प्रालिका कारखाना ब्यबस्थापक बाबुराम कार्की , मानव संशाधन विभाग प्रमुख अन्जन दुवाडि र सुरक्षा प्रमुख होमनाथ अर्यालले सो रकमको चेक म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेलाई हस्तान्तरण गरे ।

सहयोग पश्चातको कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले कोरोना रोकथामका लागि गाउँपालिका लाई सहयोग गरेकोमा धन्यवाद दिइन् । उनले सुर्य नेपालको यश सहयोगले कोरोना रोकथाम र परिक्षणका लागि ठुलो सहयोग पुग्ने बताइन् ।

सामाजिक उत्तर दायित्वको भावना अन्तर्गत यश अगाडि पनि गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको भन्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले सुर्य नेपाल प्रति आभार प्रकट गरे । प्रयाप्त मात्रामा स्रोत साधनको कमिले काम गर्न अफ्ट्यारो भैरहेको अवस्थामा सुर्य नेपालको सहयोग पश्चात् काम गर्न सजिलो बनाएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

सहयोग कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख श्रीराम खनाल , उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने समेतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी