
दमौलीः नेपाली कांग्रेस निकट युवाहरुको भेलाले व्यास ११ मा बीपीएसके ग्रुप गठन गरेका छन् । आईतबार सम्पन्न प्रथम साधारण सभामा आसन्न कांग्रेसको स्थानीय, जिल्ला तथा महाधिवेशनका बारेमा छलफल गरेका छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले लोकतन्त्र रक्षाका लागि युवाहरु एकजुट हुनुपर्ने बेला आएको बताए ।
समूहका अध्यक्ष प्रेमबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि समुन्द्र गोदार, व्यास ११ का वडाध्यक्ष निरबहादुर खड्का, कांग्रेस व्यास ११ सभापति विकासचन्द्र भट्टराई, समूहका उपाध्यक्ष कृष्ण रुचाल, कोषाध्इक्ष विश्वनाथ अधिकारी, सचिव सुरेन्द्र अधिकारीलगायतले बोलेका थिए ।
कांग्रेसको नीति, नियम र परिधिभित्र रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने र नगर तथा जिल्लाभर सदस्यता विस्तार गर्ने समूहका सदस्य हरिश्चन्द्र कोईरालाले जानकारी दिए ।