पैसा नहुनेलाई डुम्रेमा निःशुल्क खाद्यान्न

  • ख-
  • ख+

डुम्रेः कोरोनाको संकटका कारण खाना खान नसक्नेहरुका लागि डुम्रेमा फुड बैंक स्थापना गरिएको छ । स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले बैंक स्थापना गरेका हुन् । बैंकको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरे ।

उनले युवाहरूको समूहले राम्रो कामको शुरुवात गरेको भन्दै गाउँपालिकाले यसलाई सघाउने प्रतिवद्धता जनाए । कोभिड १९ का कारण रोजगारी गुमाएका, अपांगता भएका, वृद्धवृद्धालगायतका व्यक्तिलाई सघाउने उद्देश्यका साथ बैंक स्थापना गरिएको ग्रुपका संयोजक विक्रम गुरुङले बताए ।

‘सहयोगीबाट प्राप्त सहयोग नसक्नेलाई वितरण गर्छौं,’ उनले भने ।
युवाहरुले स्थानीय तथा विदेशमा रहेका सुभेच्छुक दाताहरुबाट सहयोग जुटाएको बताए ।

के के दिइन्छ सहयोग ?
बैंकले एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिन वितरण गर्छ । सबै सहयोग अशक्त, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई मात्र दिइन्छ । ‘हामीले सक्नेसँग सहयोग माग्छौं,’ उनले भने,‘नसक्नेलाई सहयोग वितरण गर्छौं ।’

कार्यक्रममा गाउँपालिकाका गाउँपालिका वडा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ, डुम्रे इकाई सभापति नेक महम्मद मियाँ, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, ग्रुपका सदस्यलगायतको उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्