
दमौलीः तीज तथा लोक लयका चर्चित गीत पस्कन सफल तनहुँकी चेली लोक गायिका कला लम्सालले तीज लक्षित नयाँ गीत बजारमा ल्याएकी छन् ।
आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी लम्सालको गीत तीजको रमझमपूर्ण छ ।
पातलीका यस अघिका संस्करण हिट भए पछि कलाले तेश्रो संस्करण पनि ल्याएको दमौली न्युजलाई बताइन् ।
अन्जली अधिकारी, करिश्मा ढकाल साथमा लोमस शर्माको अभिनय रहेको गीतमा शिव हमालले सार्वजनिक गाँउमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा उतारेका छन् ।

कलाका १२ वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी कला गायन यात्रामा उकालो लाग्दैछन् । देश विदेशमा समेत सांगितिक कार्यक्रममा सफल प्रस्तुती दिइरहेकी कलाका गीत युट्युब तथा टिक टकमा समेत ट्रेण्डिङ भैरहेका छन् ।