शुरु भयो संसद बैठक, प्रम देउवाले विश्वासको मत लिने प्रक्रिया अघि बढ्यो

  • ख-
  • ख+

काठमाडौं: नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आठौं अधिवेशनको पहिलो बैठक सुरु गरेका हुन् ।


सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) अपराह्न ४ बजेका लागि संसदका दुवै सदनको नवौं अधिवेशन आह्वान गरेकी हुन् ।

पहिलो बैठक सकिएको १५ मिनेटपछि दोस्रो बैठक प्रारम्भ हुनेछ। दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई आफ्नो पार्टी कांग्रेससहित जसपाको यादव पक्ष, एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष तथा राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिनेछन् ।

यस अघि प्रधानमन्त्रीका पक्षमा विश्वासको मत दिने ठानिएका एमालेकाभ माधव नेपाल पक्षीय सांसद भीम रावलले भने अनैतिक खेलमा नलाग्ने भन्दै सांसद पदबाट राजिनामाको घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी