तनहुँका केन्द्रीय नेता बोलाएर पौडेलले भने,‘मेरो माहोल राम्रो छ, मलाई सघाउनुस्’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा आफ्ना पक्षमा चुनावी माहोल बनिरहेकाले आसन्न पार्टी महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सघाउन तनहुँका केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् ।


राजधानीमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई बोलाएर उनले सहयोग मागेका हुन् । बैठकमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले सहभागी थिए ।


भेटमा पौडेलले गरेको आग्रहमा नेताहरुले सकारात्मक जवाफ दिएको उनका सहयोगी चिरञ्जिवी अधिकारीले बताए ।

‘उहाँले मेरो पक्षमा माहोल बनिरहेकाले सघाउनुस् (पार्टी सभापतिमा) भन्नुभयो,’ अधिकारीले दमौली न्युजसँग भने,‘नेताहरुले तपाईंको समूहमा कुरा मिलाउनुुस् हामी सघाउँछौं भन्नुभयो ।’ बिहान ११ बजेबाट चलेको छलफल दिउँसो २ बजेसम्म चलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी