मुख्य कार्यालय फुस्रेटारमै, सहायक कार्यालय अन्त राख्न सकिने

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसले भानु नगरपालिकाको मुख्य केन्द्र फुस्रेटारमै राख्न माग गरेको छ । मंगलबार बसेको पदाधिकारीको बैठकले नगरपालिकाको केन्द्र भन्सारको सहरी विकास कार्यालयमा सार्न लागिएको चर्चाकाबीच मुख्य प्रशासनिक कार्यालय फुस्रेटारमै राख्न माग गर्दै अरु सहायक कार्यालयहरु भने आवश्यकताअनुसार राख्न सकिने बताएको छ ।

पार्टी कार्यवाहक सभापति जितप्रकाश आलेले सरकारी आधिकारिक निर्णयबेगर कार्यालय सार्न नमिल्ने भन्दै मुख्य केन्द्र नसारिकन शाखाहरु भने आवश्यकताअनुसार अन्यत्र राख्न सकिने सुझाव दिएको हो ।

बैठकमा कांग्रेस क्षेत्रीय सभापति एवं भानु नगरप्रमुख उदयराज गौलीले सबै कार्यालय नभै केही शाखा मात्र सहरी विकास कार्यालयको भवनमा सार्न लागिएको बताए ।

केही दिन अघि मात्र सार्वजनिक सहरी विकास मन्त्रालयको निर्णयमा डुम्रे भन्सार सहरी योजना कार्यालयको भवन तीन वर्षका लागि भानु नगरपालिकालाई उपलब्ध गराउन निर्देशन दिइएको थियो । त्यसयता केन्द्र सार्ने पक्ष र विपक्षको विवाद फेरि सतहमा आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी