देउवालाई विश्वासको मत दिन गगन हेलिकोप्टर मार्फत काठमाण्डौ (भिडियो )

  • ख-
  • ख+

दमौली: आकस्मिक रुपमा विश्वासको मत लिने तय भए पछि नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकोप्टर मार्फत काठमाडौँ गएका छन् ।


पार्टी कार्यक्रमका लागि तनहुँ आएका थापा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा संसदमा विश्वासको मत दिन हेलिकोप्टर मगाएर काठमाडौ गएका हुन् ।


दमौली न्युजसँग कुरा गर्दै थापाले आफूलाई विश्वासको मत दिने मिति आज भन्ने थाहा नभएकाले पोखरा हुँदै तनहुँ आएको बताए । उनी पोखरामा कांग्रेस सांसद रामजी कुँवरको पुण्य तिथिमा सहभागी भएर तनहुँमा महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै दिउँसो ४ बजे तय संसद बैठकमा सहभागी हुन जाँदै थिए ।

आज अकस्मात् विश्वासको मत लिने निश्चित भए पछि पार्टीले हेलिकोप्टर पठाएको अर्का पूर्व सांसद यज्ञ थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी