पहिरो जोखिम बढेपछि जिसस प्रवक्ता गुरुङको पहलमा ग्याबिन जाली

  • ख-
  • ख+

भानुः भानु १३ पयँरस्वारा सतिपानी पधेरामा पहिरोबाट थप क्षतिको जोखिम बढे पछि जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको पहलमा ग्याबिन जाली पठाइएको छ ।

वडाध्यक्ष रामबहादुर बानियाँसमेतको पहलमा जाली प्राप्त भएकाले संरक्षणको काम थालिएको स्थानीय संगम सुमिर पियाले जानकारी दिए ।

थप क्षतिको आशंकामा स्थानीयले आग्रह गरे पछि गुरुङ र बानियाँले जालीका लागि पहल गरेको भन्दै उनले खुशी प्रकट गरे ।

गुरुङको पहलमा १० र वडाध्यक्ष बानियाँमार्फत १० गरी २० थान जाली पाए पछि काम गर्न सहज भएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी