दमौलीः तनहुँ मुल थलो भएर काठमाडौंमा पेशा तथा व्यवसायमा सक्रिय व्यक्तिहरुको संस्था तनहुँ काठमाडौं प्रजातान्त्रिक बौद्धिक समाज (टिकिड्स)ले अध्ययनका लागि काठमाडौं जाने तनहुँका विद्यार्थीलाई छात्रवृत्ति उपल्ब्ध गराउने भएको छ । यस्तो संख्या चार सय सम्म हुने संस्थाले बताएको छ ।
समाजका अध्यक्ष यदुनाथ खनालको अध्यक्षतामा शुक्रबार राजधानीमा बसेको बैठकले यसका लागि महासचिव र कोषाध्यक्षलाई जिम्मेवारी दिएको छ ।
‘तनहुँबाट अध्ययनका लागि काठमाडौं आउने धेरै विद्यार्थी छन्,’ सचिव कमल खनालले भने,‘आर्थिक अभावका कारण उनीहरुलाई कठिनाई नहोस् भनेर राजधानीका कलेजहरुमा छात्रवृत्तिको व्यवस्था गर्न लागेका हौं ।’
चुनाव अघि वृहत भेला
कांग्रेससँग निकट आस्था राख्नेहरुको संस्थाले तनहुँको आसन्न कांग्रेस जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा वृहत भर्चुअल भेला गरेर अन्र्तक्रिया समेत गर्ने निर्णय गरेको अध्यक्ष यदुनाथ खनालले जानकारी दिए ।











