रोटर्याक्ट क्लब अफ भानुको चार्टर प्रेसिडेन्टमा सन्तोष

  • ख-
  • ख+

भानुः रोटर्याक्ट क्लब अफ भानुको संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट)मा सन्तोष ढकाल सर्वसम्मत चयन भएका छन् ।

भर्चुअल माध्यमबाट भएको भानुका युवाहरुको भेलाले यस अघि संयोजक तोकिएका ढकाललाई नै सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतको विशेष उपस्थितिमा भएको भेलाले कार्य समिति चयन गरेको हो ।


पहिलो पटक भानु क्षेत्रमा गठित क्लबको संस्थापक अध्यक्ष भएका ढकाल विद्यार्थी नेता तथा युवाका क्षेत्रमा क्रियाशिल छन् । क्लबको सचिवमा रञ्जन बगाले चयन भएका छन् । अब १३ सदस्यीय कार्य समिति चाँडै सार्वजनिक गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले दमौली न्युजलाई बताए ।


रोटरी क्लब अफ दमौलीले भानुमा रोटर्याक्ट क्लब गठनका लागि प्रेरणा दिएको उनले बताए । क्लबका अध्यक्ष अध्यक्ष दिनेशकुमार श्रेष्ठले भानुमा पनि अब रोटरी र रोट¥याक्ट अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्