शिक्षकको नक्कली कार्डबाट खोप !

  • ख-
  • ख+

दमौलीः प्राथमिकताका आधारमा विभिन्न पेशा र क्षेत्रका व्यक्तिले खोप लगाउन पाइने भए पछि व्यास नगरपालिकामा नक्कली कार्ड बनाएर खोप लगाएको पाइएको छ ।

सहरी क्षेत्रका केन्द्रहरुमा खासगरी शिक्षकको नाममा नक्कली कार्ड बनाउँदै खोप लगाउने भेटिएका थिए ।

व्यास २ को खोप केन्द्रमा गएका एक युवाले शिक्षकको कार्ड लिएर आए पछि खोप लगाएको बताए । ‘धेरै हिंडिरहनुपर्ने काम छ,’ उनले भने,‘कार्डले खोप पाइने भए पछि बनाएर ल्याएँ ।’


केन्द्रका कर्मचारीहरुले धेरै भीड भएको र समय पनि कम भएकाले सबैको कार्ड जाँच्न नसकिएको बताए । शिक्षकसहित बसका चालक, सह चालक ५५ वर्षसम्मका तथा प्राथमिकता प्राप्त सेवा क्षेत्रका व्यक्तिलाई खोप दिइने भनिए पनि शिक्षकका नाममा बढी दुरुपयोग पाइएको हो ।

खचाखच भिडका बेला कार्ड परीक्षण नभएकाले पनि आवश्यकता भएका व्यक्तिले खोप नपाउने तर दुरुपयोगको समसया देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी