प्रशासनको चेतावनीः ‘शनिबारसम्म आकस्मिक बहाव आउन सक्छ, नदी किनार नजानु’

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले वर्षाका कारण ठूला नदीमा आकस्मिक रुपमा आकस्मिक बहाव आउन सक्ने भन्दै नदीमा नजानका लागि आग्रह गरेको छ ।


प्रशासकिय अधिकृत राममणि मिश्रद्वारा जारी सूचनामा शनिबारसम्म हुन सक्ने वर्षाका कारण जिल्लाका त्रिशुली, मस्र्याङ्दी, कालिगण्डकी तथा मादी सेतीसमेतको किनारमा नजानका लागि सचेत गराइएको छ ।


सूचनामा माछा मार्न, पौडी खेल्न वा दाउरा झिक्ने काम नगर्न भनिएको छ । कुनै विपद्का घटना भएमा आपतकिालन कार्य सञ्चालन केन्द्रको ०६५५६४१६१ वा प्रमुख जिल्ला अधिकारी वा प्रहरीको नम्बरमा सूचना दिन भनिएको छ ।

मनसुन शु्रु भएयता तनहुँमा निरन्तर बाढी र पहिरोको समसया देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी