व्यास बचतद्वारा सदस्यलाई ‘मेहेन्दी कार्यक्रम’

  • ख-
  • ख+

दमौलीः दमौलीको व्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साउने संक्रातिको अवसरमा मेहेन्दी लगाउने कार्यक्रम गरेको छ । सहकारीको महिला उपसमितिको आयोजनामा भएको कार्यक्रममा मेहेन्दी लगाउने महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


कार्यक्रममा व्यास ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठले चाडपर्वको महत्वसँगै यसलाई जीवन्तता दिन मेहेन्दी कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष प्रदीपराज अधिकारी, उपाध्यक्ष प्रेमप्रसाद पौडेल लगायतले सुभकामना दिएको महिला उपसमिति संयोजक योगिता श्रेष्ठले बताइन् ।

रीतिरिवाज,परम्परा, संस्कृति को जगेर्ना गर्ने र सहकारीप्रति सर्वसाधारणको आकर्षण बढाउन कार्यक्रम राखिएको सहकारीका अध्यक्ष प्रदिप राज अधिकारीले बताए । कार्यक्रम महिला उपसमितिका सदस्य बेलु श्रेष्ठको संयोजकत्वमा गरिएको सदस्य योगिता श्रेष्ठले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी