गोविन्द भट्टराई र शंकर भण्डारी एक होलान् ? (टिप्पणी)

  • ख-
  • ख+

दमौलीः एक जना नेविसंघका केन्द्रीय अध्यक्ष अर्का तरुण दलका केन्द्रीय सदस्य । पछि एक जना पार्टी केन्द्रीय सदस्य अनि अर्का पनि केन्द्रीय सदस्य नै । तनहुँ थलो भए पनि राजधानीमा विद्यार्थी र तरुण राजनीति गरेका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शंकर भण्डारी दुवै एक अर्काका प्रतिष्पर्धी हुनु खासै परेन ।


तर केन्द्रबाट जिल्लाको राजनीतिमा अघि बढ्ने समय आए पछि भने दुईलाई एक अर्काका प्रतिष्पर्धी ठान्ने गरिन्छ । तनहुँ क्षेत्र नम्बर १ का दुवैको आ आफ्नै धार छ । भट्टराई लामो समय कोईराला परिवारनिकट रहे भने भण्डारी खुमबहादुर खड्का । अहिले केन्द्रमा संस्थापननिकट र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट दुवै जिल्लामा भने फरक धारको नेतृत्वनिकट थिए ।


यसपाली पार्टी सभापतिमा शेरबहादुर देउवा र गैर संस्थापनबाट वरिष्ठ नेता प्रबल दाबेदार रहँदा विगतमा जिल्ला राजनीतिमा फरक फरक धारको नेतृत्व गर्दै पौडेलनिकट यी दुई नेता यसपाली संस्थापन पक्षमा खुलेर लाग्ने अनुमान गरिएको छ ।


तर दुवै संस्थापननिकट भए पनि फरक धार चलाइरहेकामा यसपाली भने दुई मिल्लान् कि नमिल्लान भन्ने प्रश्न पनि सँगै उब्जिएको छ । दुवैले यसबारे सार्वजनिक रुपमा मुख भने खोलेका छैनन् । तर बिहिबार आँबुखैरेनी ४ को वडा कार्यालयमा निकै दुर्लभ मानिने मञ्च शेयर गरेकाले दुई मिल्ने अनुमान एकथरिको छ ।

विगतमा दुवै जिल्लामा पार्टी वरिष्ठ नेता पौडेलनिकट रहे पनि अहिले केन्द्रमा फरक धार जमेर अघि बढेकाले उनीहरु केन्द्रीय धारकै प्रतिनिधित्व गर्लान् कि नगर्लान भन्न प्रश्न उठेको छ ।

अनि एक अर्काका कार्यकर्ता विभाजित रहने गरेकामा यसपाली साँच्चै आजको मञ्च शेयर गरेझैं एउटै छातामा उनीहरु अटाउलान् वा वरिष्ठ नेता पौडेलसँग नै जिल्लामा सहकार्य अनि केन्द्रमा फरक धारनिकट राजनीति चल्ला ? वा प्रष्ट रुपमा देउवानिकट धार बन्ला त्यो भने केही दिनका घटनाक्रमले नै पुष्टि गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी